
पूर्णपुष्टि, चैत ८ गते ।
आजदेखि सरकारले चीन, भारत, सिंगापुर, थाइल्याण्ड र भुटान बाहेकका देशबाट आउने यात्रुलाई प्रवेशमा रोक लगाएको छ ।
गत राति १२ बजेदेखि युरोपका सबै देश, पश्चिम एसिया र खाडीका देशका साथै इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानका नागरिक तथा ती देशमा ट्रान्जिट बनाएर आउने अरु देशका यात्रुलाई पनि नेपाल प्रवेशमा प्रतिबन्ध लगाइएको विमानस्थल कार्यालयले जनाएको छ ।
चीन, भारत, सिंगापुर, थाइल्याण्ड र भुटानबाट आउने यात्रुको स्वास्थ्य परीक्षणको प्रमाणपत्र लिएर आउनु पर्ने र नेपाल आइसकेपछि १४ दिने क्वारेन्टाइनमा बस्नुपर्ने जनाईएको छ ।
आइतबार रातिदेखि नेपालमा सबै अन्तर्राष्ट्रिय उडान तथा अवतरण बन्द हुने भएको छ । तर आन्तरिक उडान नियमित रहने विमानस्थल कार्यालयले जनाएको छ ।
