Wednesday, May 20News That Matters

स्यालको आक्रमणमा १ बालिकाको मृत्यु

पूर्णपुष्टि, चैत ८ गते । 

अछामको कमल बजारमा स्यालको आक्रमणबाट एक जना बालिकाको मृत्यु भएको छ । कमल बजार नगरपालिका–१० लाँचीमा स्यालको आक्रमणबाट ३ महिने मैसराको मृत्यु भएको हो ।

आफ्नै घरको आँगनमा सुताइराखेको बेला स्यालले बालिकालाई आक्रमण गरेको प्रहरीले जनाएको छ । घरमा कोही नभएको बेला स्यालले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

बालिकाको शव शुक्रबार जिल्ला अस्पताल अछाममा पोष्टमार्टम गरी आफन्तलाई बुझाइएको जिल्ला प्रहरी अछामले जनाएको छ ।