पूर्णपुष्टि, पुष १८
सोमबार अमेरिकाको टेक्सासबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका झापाका दुधलाल नेम्वाङको मोवाईल जफत गर्ने कर्मचारीमाथी कार्वाही गर्न प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले निर्देशन दिएको छ । दाहालले व्यक्तिगत प्रयोजनका लागि ल्याएको मोबाइल जफत गर्नेलाई कारबाही अगाडि बढाउन निर्देशन दिएका हुन् ।
नेम्वाङले साथमा ल्याएको नयाँ फोन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थति रहेको भन्सार कार्यालयले जफत गरेको थिए। उक्त घटनाप्रती प्रधानमन्त्री दाहालले अर्थ मन्त्रालयलाई तत्काल कारबाही अगाडि बढाउन निर्देशन दिएका हुन् ।
भन्सार विभागले पुस १५ गतेदेखि लागू हुने गरी विदेशबाट एउटाभन्दा बढी फोन ल्याएमा १८ प्रतिशत भन्सार शुल्क लाग्ने सूचना जारी गरेको थियो। तर लगत्तै सर्वत्र विरोध भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले सो कुरा तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएका थिए।
उक्त निर्देशनको पालना नगरि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित रहेको भन्सार कार्यलयले फोन जफत गरेको थियो।
त्यस्तै विदेश गएका नेपालीहरुले आफूसँग फर्किँदा दुईवटा मोबाइल ल्याउने कुरालाई सरल र सहज बनाउन आवश्यक नीतिगत तथा कानुनी जटिलता भए त्यसलाई समेत फुकाउन दाहालले निर्देशन दिएका छन्।
