Thursday, June 18News That Matters

दृष्टीबिहिनलाई लत्ताकपडा प्रदान

पूर्णपुष्टि,चैत्र २१ । एशियन लाईफ इन्स्योरेन्स कम्पनी गाईघाट शाखाले आफ्नो १५ औँ वार्षिक उत्सवको अवसरमा दृष्टिविहिन विद्यार्थीहरुलाई खाध्यन्न लत्ताकपडा प्रदान गरेको छ । मंगलबार कार्यालयका कर्मचारी तथा अभिकर्ताहरुले प्रदान गरेको हो । जनज्योति मावि चुहाडेका ११ जना दृष्टिविहिन विद्यार्थीहरुलाई सामान प्रदान गरिएको कम्पनीका गाईघाट शाखा प्रमुख वालकुमार राईले बताए ।

कक्षा ४ देखी १२ सम्मका विद्यार्थीहरुलाई सामाग्री वितरण गरिएको हो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष उद्धव काफ्ले, प्रध्यापक धर्मनन्द खतिवडाकाे उपस्थितिमा वितरित सामग्रीले दृष्टिविहिन बिद्यार्थीहरु खुसी भए । भविष्यमा पनि समाजमा यस्ता सेवा र सहयोग गरिने प्रतिवद्धता शाखाकाे छ । शाखाले पहिल्यैबाट सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता काम गर्दै अाएकाे थियाे । शाखाले १४ औँ बार्षिकोत्सवमा पनि शान्तिधामका बटुकहरुलाई खाद्यन्न र आर्थिक सहयोग गरेकाे थियाे ।