
पूर्णपुष्टि, असार २३ । माध्यामिक शिक्षा परिक्षा (एसईई) को पूरक (ग्रेडवृद्धि) परिक्षा साउनमा लिईने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले एक सूचना जारी गर्दै आगामी महिना साउनको २६ र २७ गते परिक्षा सञ्चालन गरिने जानकारी दिएको छ ।
अन्तिम ग्रेड ‘सी’ वा ‘सी’भन्दा कम प्राप्त गरेका विद्यार्थीले पूरक परीक्षा दिन पाउने र बढीमा दुई विषयसम्म अनुपस्थित रहेका परीक्षार्थी पनि परिक्षामा सहभागी हुन पाउने बोर्डले जनाएको छ । सुचनामा भनिएको छ ‘ग्रेडवृद्धिका लागि साउन २१ गतेभित्र फारम भरेर विद्यालयबाट शिक्षा विकास तथा समन्वय एकाइमा पेस गर्नुपर्ने छ ।’
परीक्षा रद्द भएका परीक्षार्थीले पूरक परीक्षा दिन पाउने छैनन् । एक विषयको मात्र पूरक परीक्षा दिनुपर्ने विद्यार्थीले पहिलो दिन परीक्षा दिनुपर्नेछ । गएको चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा बोर्डले असार २१ गते सार्वजनिक गरेको थियो । देशभरबाट ४ लाख ८५ लाख ३९६ विद्यार्थी सहभागी रहेको परिक्षाबाट २२ हजार चार सय ७५ विद्यार्थीले ‘ए प्लस’ ग्रेड ल्याएका थिए ।
