
पूर्णपुष्टि, माघ ४ गते ।
एसियन कलेज फर एड्भान्स स्टडिज ललितपुरबाट स्थलगत अध्ययनका लागि आएका विद्यार्थीहरुको एक समुहले उदयपुरको स्वास्थ्य अवस्थाको अध्ययन विश्लेषण गरेका छन् । एक महिना अध्ययन तथा मूल्यांकलनका सिलसिलामा आएका जनस्वास्थ्य संकाय सातौं सेमेष्टरका १० जनाको विद्यार्थी टोलीले शुक्रबार अन्तिम प्रतिवेदनको प्रस्तुती दिएका छन् । गत पुस १ देखि सुरु गरेका उनीहरुले जिल्लाको विभिन्न स्वास्थ्य कार्यालय तथा केन्द्रहरुमा पुगेर अध्ययन गरेका थिए ।
जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गबहादुर परियारको प्रमुख आतिथ्य र जनस्वास्थ्य कार्यालय प्रमुख मनप्रसाद सुवेदीको अध्यक्षतमा स्थलगत अध्ययन प्रतिवेदन प्रस्तुत गरेका हुन् । जनस्वास्थ्यको कार्यक्रम हलमा स्थलगत अध्ययनको प्रतिवेदन प्रस्तुत गर्दै उनीहरुले जिल्लाको थप स्वास्थ्य सुधारका लागि सुझावसमेत दिएका थिए ।

महामारी रोगको रुपमा चिनिने क्षयरोगबारे तीन आर्थिक वर्षको रिपोर्टलसाई मूल्यांकन गर्दै पछिल्लो आवमा बढेको देखाएको छ । जिल्लाको आठ पालिका मध्ये सबैभन्दा बढि त्रियुगा नगरपालिकामा बढि लिम्चुङबुङमा कमी देखिएको र महिला भन्दा पुरुषमा बढि देखिएको छ । कुष्ठरोग कटारी नगरपालिकामा बढि देखिएको र पुरुषमा नै बढि देखिएको छ ।
टाईफाईट मौसमको हिसावले चैत्र महिनामा बढि देखिएको छ । कटारी नगरपालिकामा सबैभन्दा बढि र लिम्चुङबुङमा सबैभन्दा कमि देखिएको छ । त्यसैगरी खोप, परिवार नियोजन, सुरक्षित मातृत्व लगायतका विषयमा पनि प्रतिवेदन प्रस्तुत गरेका छन् ।
सुझावको रुपमा उनीहरुले स्वास्थ्य स्थिति तथा कार्यक्रमको बारेमा समयमै रिपोर्टिङ हुनुपर्ने, अनुगमन तथा पर्यवेक्षण बढाउनुपर्ने, स्वस्थ्य केन्द्रहरुमा पालिका हुदै औषधि जाँदा कतिपय अवस्थामा ढिलाई भएकाले सिधै पढाउने व्यवस्था उचित हुने, समन्वयमा बृद्धि गर्नुपर्ने जनाएका छन् । त्यस्तै सरकारले स्वस्थ्यलाई केन्द्रविन्दु पारेर बजेट विनियोजन गर्नुपर्ने पनि सुझाएका छन् । जनस्वस्थ्य कार्यालयको सहयाोगले आफुहरुले सफलरुपमा समयमै स्थलगत अध्ययनको कार्य सम्पन्न गर्न सकेको उनीहरुले जनाए । उनीहरुले आप्mनो प्राविधिक सहयोगमा मोवाईल म्यासेज अलर्ट सिस्टमको समेत सुरुवात गरिदिएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि जिसस प्रमुख परियारले विद्यार्थीहरुलाई स्वस्थ्य क्षेत्रको असल र दक्ष जनशक्तिको रुपमा सेवा गर्न सक्नु भन्दै शुभकामना दिनुभयो । जनस्वस्थ्य प्रमुख सुवेदीले स्थलगत अध्ययनमा देखाएको मेहनत र प्रगतीको प्रशंसा गर्नुभयो । कार्यक्रममा अन्य अतिथिहरुले पनि मन्तब्य दिदै विद्यार्थीहरुको थप प्रगति र उज्जल भविष्यको शुभकामना दिएका थिए ।
अध्ययन टोलीमा दिपबहादुर सिंह, रेनुका थामी, प्रेमप्रसाद न्यौपाने, मनिषा ढकाल, अस्मिता पाण्डे, सुमित्रा गिरी, आस्मा रावल, श्रद्धा राई, दिक्षा कट्टेल र विष्णु सापकोटा रहेका छन् ।


