आइतवार, भदौ २३, २०८१
Sunday, September 8, 2024

एसीसी इमर्जिङ टिम्स एसिया कप : युएई ‘ए’ विरुद्ध बलिङ गर्दै नेपाल

पूर्णपुष्टि, साउन ३ । श्रीलंकामा चलिरहेको एसीसी इमर्जिङ टिम्स एसिया कपमा युएई ‘ए’ विरुद्धको खेलमा नेपालले फिल्डिङ गर्ने भएको छ । कोलोम्बोमा टस जितेको यूएईले पहिला ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्ने भएको हो ।

यूएई विरुद्धको खेलमा नेपालले ४ खेलाडी परिवर्तन गरेको छ । यसअघि भारतसँग खेल खेलेको नेपालका सोमपाल कामी, ललित राजवंशी, भीम सार्की र आसिफ शेखलाई आराम दिएर प्रतिश जिसी, श्याम ढकाल, अर्जुन साउद र सन्दीप जोरालाई मौका दिएको छ ।

भारत ए र पाकिस्तान ए सँग हारेर बाहिरिसकेको नेपाल र यूएईले अफ्नो अन्तिम खेल जित्दै सुखद अन्त्य गर्ने योजनामा छन् । नेपालले पाकिस्तानसँगको आफ्नो पहिलो खेलमा ४ विकेटले हार व्येहोरेको थियो भने भारतसँगको दोस्रो खेलमा ९ विकेटले पराजित हुँदै बाहिरिएको थियो । त्यस्तै युएई पनि भारतसँग ८ विकेटले परपारजित भएको थियो भने पाकिस्तनसँग १८४ रनले हार्दै बाहिरिएको हो ।

 

नेपालले सिनियर टिम खेलाउँदा यूएईले भने युवा खेलाडीहरु समेट्दै दोस्रो रोजाइको टिम खेलाएको छ । समुह ए बाट श्रीलंका ‘ए’ समुह बिजेता र बंगलादेश ‘ए’ उपबिजेता हुँदै सेमिफाईनलमा पुगिसकेको छ भने आज हुने भारत र पाकिस्तानको खेलले समुह ‘ए’ को बिजेता र उपबिजेता छनोट हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0