Tuesday, June 9News That Matters

ए डिभिजन लिगमा अपाङ्गता र ज्येष्ठ नागरिकले नि : शुल्क प्रवेश पाउने

पूर्णपुष्टि, फागुन २० गते । शहिद स्मारक ए डिभिजन लिगमा अपाङ्गता र ज्येष्ठ नागरिकहरुले नि:शुल्क प्रवेश पाउने भएका छन् । लिगको सबै खेलमा अपाङ्ता र ज्येष्ठ नागरिकलाई नि:शुल्क प्रवेश गरिएको आयोजकले जनाएको छ ।

फागुन १९ बाट सुरु भएको लिग दशरथ रंगशाला, च्यासल मैदान र एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । खेल हुने तिन वटै स्टेडियममा अपाङ्गता तथा जेष्ठ नागरिकको परिचय पत्र देखाएर नि:शुल्क प्रवेश पाउने व्यवस्था रहेको छ ।

अन्य दर्शकहरुलाई भने टिकट नै लिनु पर्नेछ । सामान्य प्याराफिटतर्फ टिकटको मूल्य १०० र भीआईपी प्याराफिटतर्फ टिकटको मुल्य ३०० तोकिएको छ ।