Monday, March 17News That Matters

ऐनका प्रावधान संशोधनका मागसहित सिडियोलाई ज्ञापन-पत्र

पूर्णपुष्टि/उदयपुर, भदौ २० गते ।

यहि भदौ १ गतेदेखि लागू भएको मुलुकी फौजदारी संहिता ऐनको विभिन्न प्रावधानले सञ्चारमाध्यम र पत्रकारहरुमाथी लगाम लगाउन खोजको भन्दै नेपाल पत्रकार महासंघले संशोधनको जोडदार माग गरेको छ ।

 

यसै क्रममा नेपाल पत्रकार महासंघ शाखा उदयपुुरले जिल्ला प्रशासन कार्यालय उदयपुरमा प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर कार्कीमार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुधबार बुझाएको छ ।

महासंघ शाखा अध्यक्ष भरत खड्काकाको नेतृत्वमा गएको पत्रकार टोलीले प्रजिअलाई भेटी ज्ञापन पत्र बुझाएका थिए । प्रजिअ कार्कीले आजै प्रधानमन्त्रीको कार्यालयमा ज्ञापन पत्र पठाईदिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।