
पूर्णपुष्टि, बैशाख
ओखलढुङगामा गएको पहिरोमा परि पशु चौपायमा ठुलो क्षती पुगेको छ । बर्षाका कारण आएको पहिरोमा परी चप्पादेवी गाउँपालिका ३ सिल्खुबेसीमा गएको पहिरो बाट स्थानीयहरुको चौपायाहरु बगाएर क्षती पुराएको हो ।
जिल्ला प्रहरी कार्यालय ओखलढुङगाका अनुसार शनिवार दिउँसो पाउने ४ बजेको समयमा गएको पहिरोले हरि प्रसाद सुवेदीको ३ ओटा गाई, मोहन मगरको १ हल गोरु, मुनामाया बोगटीको २ ओटा गाई पुरिएर मरेको छ ।
पहिरोले ठुलो मात्रामा स्थानीयको पशुचौपायामा क्षती पुराउनुका साथै ७ घर भने उच्च जोखिममा परेको ओखलढुङगा प्रहरीले जनाएको छ ।
