Monday, June 22News That Matters

उदयपुरमा १८० थान लागुऔषाध सहित १४ बर्षिय पप्पु मलिक पक्राउ

पूर्णपुष्टि, बैशाख १८

उदयपुरमा लागुऔषाध सहित १ जना शनिवार पक्राउ परेको छ । त्रियुगा नगरपालिका ६ जलजले स्थित लाहान बाट गाईघाट तर्फ आउँदै गरेको को १ ज ३६३० नं को विङगरमा सवार १ जनालाई शसस्त्र प्रहरी बल नं ५ गण उदयपुरले पक्राउ गरेको हो ।

त्रियुगा नगरपालिका १२ का १४ बर्षिय पप्पु मलिक भनिने व्यक्तिलाई शसस्त्र प्रहरीको शक्रियतामा खटिएको टोलीले जलजलेमा चेँकजाँचको क्रममा पक्राउ गरेको हो । पक्राउ परेको मलिकको साथबाट लागुऔषाध फेनारगन ६०, लुपिजेसिक ६० र डाइजेल्याव ६० गरी १८० थान लागुऔध बरामद गरिएको छ ।

लागुऔषाध सहित पक्राउ परेको मलिकलाई आवश्यक कार्वाहिका लागि जिल्ला प्रहरी कार्यालय पठाएको शसस्त्र प्रहरी बल ५ नं गण उदयपुरले जनाएको छ ।