
पूर्णपुष्टि, जेष्ठ २४
प्रधानमन्त्री केपि शर्मा ओलीको ६ बुद्धे प्रस्ताव माथी माधव नेपाल समूहले लिखित जवाफ पठाउने तयारी गरेको छ । सोमबार माधव नेपाल समूहका नेताहरुको छलफलले ओलीको प्रस्तावको हरेक बुँदाको जवाफ दिने गरी तयारी गरेको हो ।
‘उहाँको प्रस्ताव इमान्दारितापूर्वक एकताको पक्षमा ल्याइएको होइन, हामी बुँदाबुँदामा खण्डन गर्ने गरी लिखित नै तयार गर्छौं’ एक नेता भन्नुभयो ।
