
पूणर्पुष्टि, पौष ७
बहुमदका लागि ओली र प्रचण्ड समूह केन्द्री सदस्य तानातानमा लागि परेका छन् । आफ्नो पक्षमा बढीभन्दा बढी केन्द्रीय समिति सदस्यहरू देखाउनका लागि उनिहरु सदस्य लुछाचुँडीमा लागि परेका हुन् ।
बालुवाटारमा ९ बजे बोलाइएको ओली पक्षका केन्द्रीय सदस्यहरूको बैठक अझै सुरु हुन सकेका छैन । बैठकमा उपस्थित एक नेताका अनुसार बढि भन्दा बढी केन्द्रिय सदस्य जम्मा गर्ने काम भइरहेकाले केही समय ढिलोगरी मात्रै बैठक सुरु हुने बताउनुभयो । ’
यता दाहाल(नेपाल पक्षले दिउँसो १ बजे बबरमहलस्थित कार्की बैंक्वेटमा बैठक बस्ने तय गरेको छ ।
यसरी दुवै पक्षले मंगलबार केन्द्रीय समितिको बैठक बोलाएका छन् । सरकारले संसद् विघटनको प्रस्ताव गरेर राष्ट्रपतिले उक्त प्रस्ताव स्वीकार गरेसँगै नेकपा विभाजनतिर लागेको छ ।
दाहाल(नेपाल पक्षले भने आफ्नो पक्षमा सबै केन्द्रीय सदस्य रहेको दाबी गरेको छ । ’सबै केन्द्रीय सदस्यहरू पार्टीको पक्षमा हुनुहुन्छ । सबै आउनुहुन्छ,’ केन्द्रीय सदस्य यज्ञबहादुर सुनुवारले भन्नुभयो ।
आज बस्ने दाहाल(नेपाल पक्षको केन्द्रीय समिति बैठकले अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई कारबाही गर्ने कार्यसूची तय गरेको छ भने ओली पक्षले दाहाललाई कारबाही गर्ने भएको छ ।
