Tuesday, July 7News That Matters

नेपाल वार एशोसिएशनको ६४ औँ स्थापना दिवस मनाईयो

पूर्णपुष्टि, पौष ७ 

नेपाल वार एशोसिएशन उदयपुरले न्याय सम्पादनमा कानुन व्यवसायीको भूमिका विषयक अन्तरक्रिया गर्दै ६४ औं स्थापना दिवस मनाएको छ ।

न्यायिक तथा अर्धन्यायिक निकायका विशेष ब्यक्तित्वहरुको उपस्थितिमा भएको अन्तरक्रियामा पिडितलाई क्षतीपूर्तीसहित न्याय र पिडकलाई उचित सजाय दिलाउन कानुन व्यवसायीहरुको महत्वपूर्ण भूमिका हुने बताइएको छ । नागरिकहरुलाई कानुनी साक्षरता बढाउनमा पनि कानुन व्यवसायीहरुको उत्तिकै भूमिका रहने बताइएको छ ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला न्यायधिस दिपक खनालले न्यायको क्षेत्रमा काम गर्ने जो कोहीले समाजप्रति पूर्ण उत्तरदायि बन्दै आफु र आप्mनो पेशाको मर्यादा पालना गर्नुपर्ने बताउनुभयो । पिडितलाई क्षतिपूर्तीसहित न्याय दिलाउनु र दोषीलाई उचित सजाय दिनु नै न्यायको अन्तिम ध्येय रहेको भन्दै उहाँले त्यसप्रति सबैको भूमिका हुनुपर्ने बताउनुभयो ।

न्याधिस उत्तम सिलवालले स्थानीयतहमा रहेका न्यायिक समितिको न्याय सम्पदन कार्य प्रभावकारी हुन नसकेको गुनासो आइरहेको सन्दर्भमा कानुनी ज्ञान र अभ्यासको कमी कारणले पनि प्रभावकारीता हुन नसकेको विचार ब्यक्त गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले पिडितको पक्षमा भन्दा पिडकको पक्षमा बोल्नेहरु बढि देखिने गरेको भन्दै यसले सहि न्यायमा चुनौती हुने बताउनुभयो । पिडितलाई न्याय दिलाउनुपर्छ भन्ने भन्दा पनि पिडकलाई बचाउनुपर्छ भन्ने हेतुले विभिन्न पक्षहरु प्रस्तुत हुने गरेको अनुभव सुनाउदै यसतर्फ सबैले मनन् गर्नुपर्ने बताउनुभयो । कानुनी मामलामा न्यायिक निकाय नै न्यायको पहिलो हिस्सेदार भएपनि कतिपय नागरिकहरुमा आइपर्ने समस्याको छिटो समाधानका लागि अर्ध न्यायिक निकायहरुलाई पनि सम्पादनको भूमिका दिएको उल्लेख गर्नुभयो । जिल्ला प्रशासन, वन कार्यालय, मालपोत लगायतका अर्धन्याकि निकार्यहरुले नागरिकको न्यायका लागि सहि ढंगले सम्पादनको कार्य गर्नुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा इकाई अध्यक्ष श्यामानन्द चौधरी र बरिष्ठ अधिवक्ता शुकराम श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्नुभयो भने सहभागि कानुन व्यवसायीहरुले सुझाव तथा टिप्पणी राखेका थिए ।

अध्यक्ष चौधरीले नागरिकहरुलाई वकिल लगाउदैमा पैसा नै चाहिन्छ भन्ने भ्रम रहेको भन्दै पैसा नहुनेहरुको हकमा निसुल्क कानुनी सेवा दिइने बताउनुभयो । उहाँले कानुनी साक्षरमा बृद्धिमा बारले कार्यक्रमहरु गर्ने बताउनुभयो ।

फोटो फिचर