
पूणर्पुष्टि, पौष ८
एकै क्लबका लागि सर्वाधिक गोल गर्ने ब्राजिलियन महान खेलाडी पेलेको कीर्तिमान मेसीले तोडेका छन् । लिओनल मेसीले बार्सिलोनाका लागि ६४४औं गोल गर्दै पेलेको किर्तिमान तोड्न सफल भएका हुन् ।
३३ वर्षीय अर्जेन्टाइन फरवार्ड मेसीले ६५औ मिनेटमा पेड्रीको ब्याकहिल पासमा गोल गरेका थिए । त्यसअघि क्लेमेन्ट लेङलेटले २१औं र मार्टिन ब्रेथवेइटले ३५औं मिनेटमा गोल गरेका थिए ।
जितपछि १४ खेलबाट २४ अंक जोडेको बार्सिलोना पाँचौ स्थानमा यथावत नै छ । शीर्ष स्थानको एट्लेटिको मड्रिडभन्दा बार्सा अझै ८ अंकले पछि छ ।
अघिल्लो खेलमा भ्यालेन्सियाविरुद्ध १ गोल गर्दै पेलेको कीर्तिमान बराबरी गरेका मेसीले गएराति बार्सिलोनाले रियल भाल्लाडोलिडलाई ३(० ले पराजित गर्दा एक गोल गर्दै उक्त कीर्तिमान आफ्नो नाममा बनाएका हुन् ।
