औद्योगीकग्रामको लागि स्थलगत अनुगमन

उदयपुर, मंसिर ८ गते । 

रौतामाईलाई औद्योगीकग्रमको रुपमा विकास गर्नका लागि प्राविधिकसहितको टोलीले स्थलगत सम्भाव्यता अध्ययन गरेको छ । प्राविधिक टोलीले रौताई गाउँपालिका–६ को धार्मीक तथा पर्यटकिय क्षेत्र रौता पोखरी र वडा न. ५ को सुकेपोखरी आसपासका क्षेत्रको स्थलगत अध्ययन गरेको हो ।

जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर परियारको नेतृत्वमा, कृषि, पशु, उद्योगका प्राविधिक टोली स्थलगत अध्ययन उक्त क्षेत्र पुगेको थियो । औधोगिकग्रामका लागि चाहिने न्युनतम ४० रोपनी जग्गा, सडक सञ्जाल, बिद्युत, भुवनोट, हावापानी, जग्गाको अवस्था, मौसम, विकासको अवस्था, बस्ति, आर्थिक विपन्नता, उद्योग स्थापनाका लागि चाहिने आबश्यक कच्चा पदार्थको अवश्था, जनसंख्या, ढुवानी, वजारिकरण लगायतका बिषयमा पहिलो चरणको अध्ययन गरिएको प्रमुख परियारले बताए ।स्थानीय तहमा निर्माण हुने औद्योगिकग्राम स्थापनाका लागि न्युनतम मापदण्ड प्रदेश सरकारले नै तयार गर्ने छ । सुकेपोखरी आसपासको जग्गा जमिन र भौगोलिक अबस्था हेर्दा मापदण्डसँग मेल खाने प्रमुख परियारले बताए । ठाउँ उपयुक्त भएपनि प्राविधिक टोलीले थप अध्ययन गरेपछि मात्रै अन्ति नतिजा आउने भएपनि मेरो विचारमा सुकेपोखरी नै हुने उनले बताए ।

भुगोल तथा वातवरणिय हिसावले सुकेपोखरी आसपासको क्षेत्र उपयुक्त भएको टोलीका सदस्य घरेलु तथा साना उद्योग विकास समिति उदयपुरका प्रमुख पाक्रम खाँले बताए । उद्योगका लागि चाहिने कच्चपदार्थहरु उत्पादन हुने क्षेत्र बाहेक अन्य हिसावले उपयुक्त रहेको उनले बताए ।

वन जंगल र वातावरण पशुचौपायको क्षेत्रमा उपयुक्त रहेको टोलीका अर्का सदस्य भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. अजयकुमार साहले बताए । सामान्य सडक विस्तार गर्न धेरै राम्रो ठाउँ रहेको उनले बताए ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम अन्र्तगत सुन्तला जोन कार्यक्रम उक्त वडामा सञ्चालन रहेको र अदुवा, बेसार, तरकारी खेती पनि सञ्चालनमा रहेकाले औधौगिकग्राम स्थापनाका लागि कुनै समस्या नरहेको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख नरनाथ रेग्मीले बताए ।

पालिकामा खनिज तथा धातु पदार्थ शिसा, तामा, फलाम, चुनढुंगाले भरिपूर्ण रहेको क्षेत्र भएकाले औधोगिकग्रामका लागि उपयुक्त ठाउँ रहेको रौतामाई गाउँपालिकाकी उपाध्यक्ष कुमारी राना ज्युठकुरीले बताईन् ।  तामा, फलाम जस्ता धातुहरु पहिला उत्खन्न पनि भैसकेकाले तिनीहरुको पुनःउत्खन्न गर्नुका लागि खानी तथा भुर्गव विभाग र विशेषज्ञ परार्मश भईरहेको उनले बताईन् ।

५ न. वडामा पहिला उत्खन्न भएको तामा, फलाम खानी अहिले उत्खन्न हुन नसेको वडाध्यक्ष पाण्डव राईले बताए । वडामै शिसाखानीको ओडार नै फेला परेकाले छ । वडामा चुन ढुंगाको खानी पनि रहेको छ भने फलफूल खेतीका लागि पनि योग्य रहेको उनले बताए ।औधोगिकग्राममा बिद्यालय, स्वास्थ्य केन्द्र, प्रशासनिक भवन, वैंक तथा वित्तिय संस्था, दिवा शिसु स्यहार केन्द्र, अग्नी नियन्त्रण व्यवस्थापन, सामान प्रर्दशनी तथा विक्री कक्ष, शौचालय तथा स्नानगृह, खेल मैदान, खानेपानी लगायतका संरचना बनाउने गरी पदेश सरकारले अवधारणा ल्याएको जिसस प्रमुख परियारले बताए ।

स्थानीय स्रोत साधन, कच्चा पदार्थ, प्रविधि र सिपको परिचालन गरी लघु, घरेलु तथा साना उद्योगमा लगानी बृद्धी गर्दै उद्योग स्थापना विकास र प्रर्वद्धनमार्फत रोजगारी सृजनावाट अर्थतन्त्रलाई मजवुत हुने औधोगिकग्रामको मुख्य लक्ष्य रहेको छ ।

औद्योगिक ग्रामको नाममा स्थानीयलाई बिस्थापित नगरी रोजगारी दिने नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले बताए । दुध डेरी, मह, चिया, कफि, फलफुल, जडिवुटी, धातु, खनिज पदार्थ प्रशोधन यहीँबाट हुने र त्यसले यहीँ क्षेत्रको विकास र रोजगारी सृजना हुने उनले बताए ।

औद्योगिकरण बिना समृद्धि नहुने भएकाले यो एउटा महत्वपूर्ण र ठुलो काम भएको नेकपाका जिल्ला कमिटी सदस्य तथा स्थानीय नेता केशव राईले बताए । देशलाई समृद्धिको बाटोमा लैजानको निम्ति औद्योगिकरण अति आवश्यक भएको उनले बताए ।

पर्यटकिय क्षेत्रको विकाससँगै औधोगिक क्षेत्रका विकासले गाउँपालिकामा समृद्धीको ढोका खुल्ने ६ नमबर वडाका वडाध्यक्ष तिलबहादुर रानाले बताए । आर्थिक समृद्धको यात्रामा गाउँपालिका रहेकाले यस्ता कार्यक्रमले जनताको जीवनस्तरमा सहयोग पुग्ने उनले बताए ।

फोटो फिचर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: