Tuesday, June 2News That Matters

औषधीको लागि गाँजा खेती गर्ने कार्यविधि ल्याउँदै सरकार

पूर्णपुष्टि, माघ २४
नेपाल सरकारले औषधी प्रयोजनका लागि गाँजा खेती गर्न मिल्ने गरी कार्यविधि ल्याउने तयारीमा रहेको जनाएको छ । ६ महिनामा भित्र यसको कार्यविधि वन्ने गरी सरकारले काम गरिरहेको गृह मन्त्रालयले जनाएको छ ।
गाँजा लागुऔषाधको रुपमा हाल नेपाल लगायत बिभिन्न देशहरुमा प्रतिवन्धित छ । तर यो औषधीको रुपमा निकै महत्वपूर्ण सामाग्री मानिएको बिज्ञहरुको ठहर अनुसार यसलाई प्रयोयजन गर्न सरकारले कार्यविधि बनाईरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नीति योजना अनुगमन तथा मूल्यांकन महाशाखाले यसका लागि औषधीय प्रायोजनका लागि कार्यविधि बनाइरहेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जनाए ।
उनका अनुसार कार्यविधि अनुसार सरकारसँग अनुमति लिएर औषधीय प्रायोजनका लागि गाँजा खेती गर्न सकिन्छ ।

‘उनीहरुलाई कसरी अनुमगन र नियमन गर्ने भन्ने विषयमा कार्यविधिले बोल्छ’ पोखरेलले भने, ‘पहिले पनि औषधीय प्रयोजनका लागि यो प्रयोग भइरहेको थियो होला तर कुनै अनुगमन हुँदैन्थ्यो । अब यसलाई कानूनको दायरामा ल्याउन खोजिएको हो ।’औषधीय प्रयोजनका लागि गाँजालाई प्रयोग गर्न मिल्ने विषयमा लागूऔषध ऐनले पनि बोलेको बनाउँदै उनी भन्छन्, ‘तर विस्तृत व्यवस्था थिएन, त्यसलाई कार्यविधिमार्फत समेट्दैछौं ।’