Saturday, April 26News That Matters

कक्षा ११–१२ को आंशिक तथा ग्रेडवृद्धि परीक्षा वैशाख २६ देखि

पूर्णपुष्टि, फागुन ८ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ का पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको तालिका सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षा २०८२ वैशाख २६ गतेदेखि बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ ।

साधारणतर्फ रजिष्ट्रेशन नम्बरको सुरुमा ५६ देखि ७७ सम्मका र प्राविधिकतर्फ ७३ देखि ७८ सम्मका अंक भएका विद्यार्थीहरूले यो परीक्षामा सहभागी हुन पाउनेछन् । यस परीक्षामा साधारणतर्फका पुराना आंशिक र ग्रेडवृद्धि गर्न चाहने विद्यार्थीहरू तथा प्राविधिकतर्फका आंशिक विषयका परीक्षार्थीहरू सहभागी हुन सक्नेछन् ।

यो परीक्षाले विगत वर्षहरूमा आंशिक विषय बाँकी रहेका वा ग्रेडवृद्धि गर्न चाहने विद्यार्थीहरूलाई आफ्नो शैक्षिक यात्रा पूरा गर्ने अवसर प्रदान गर्नेछ ।

हेर्नुहोस परिक्षाको समय तालिका :