
पूर्णपुष्टि,पुष १२
कोरोना भाईरसका कारण बिभिन्न समस्यामा परि कक्षा १२ को परीक्षामा सहभागि हुन नसकेका छुट विद्यार्थीहरुलाई राष्ट्रिय परिक्षा बोर्डले पुष १६ देखि परीक्षा गराउने जनाएको छ ।
नोवेल कोरोना भाइरस कोभिड–१९ संक्रमित भएर कक्षा १२ को परीक्षाबाट बन्चित भएका विद्यार्थीहरूका लागि राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका सार्वजनिक गरेहको हो ।
छुटेका विद्यार्थीका लागि राष्ट्रिय परीक्षा बोर्डले १६ पुसदेखि २३ पुससम्म परीक्षा सञ्चालन गर्न लागेको बोर्डको सूचनामा उल्लेख गरिएको छ । परीक्षा विहान १० बजेदेखि साढे ११ बजेसम्म सम्बन्धि विद्यालयमै सञ्चालन हुने बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले जानकारी दिनुभयो ।

