Friday, June 26News That Matters

उदयपुरमा लागुऔषध सहित १ युवा पक्राउ

पूर्णपुष्टि,पुष १२

उदयपुरको कटारी नगरपालिका–३ बाट लागुऔषध सहित एक जना युवा पक्राउ परेको छ । कटारी नगरपालिका–४ का २८ बर्षीय भिम बहादुर खत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

बसपार्क एरियामा लागुऔषधको कारोवार भईरहेको भन्ने बिषेश सूचनाको आधारमा शनिवार दिउँसो ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले खत्रीलाई नियन्त्रमा लिएको थियो ।

खत्रीको साथबाट प्रहरीले लागुऔषध नाईट्राभेट ५४० ट्याब्लेट र एक बोत्तल डाईलेक्स डि.सी. बरामद गरेको छ । लागुऔषध सहित पक्राउ परेका खत्रीका सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कर्यालय कटारीले जनाएको छ ।