Saturday, May 16News That Matters

महिला हिंसा (कविता)

 

पार्वती कार्की, रौतामाई गाउँपालिका– ५ 

हामी सबै सचेत नागरिक बनौं
महिला हिंसा बारे हामी सबैले जानौं

यौन, लिङ्गभेद जस्तो केस रोकौं
महिला माथि हुने विभेद व्यवहारलाई छेकौं

महिला भनि कसैले नगर्नु विभेद
महिला हिंसालाई गरौं सबैले खेद

नारी पनि पुगी सके अन्तरिक्ष
चुल्हो चौकामा मात्र नगरौं सरिक

सासु ससुरा, देवर नन्द
विभेदकारी व्यवहारलाई गरौं आजै बन्द

महिला हिंसाको पात्र पुरुष मात्र हैन
महिलाको पिडा बुझ्ने सबै महिला छैन

त्यसैले हामी पुरुष महिला एक हौं
समाजमा महिला हिंसा अन्त्य गरौं ।

(लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत रौतामाई गाउँपालिका– ५ मा भएकोे वडा स्तरीय कविता प्रतियोगिताको उत्कृष्ट कविता)