Friday, June 26News That Matters

उदयपुरमा नेकपा ओली समूहको जिल्ला संयोजकमा परमेश्वर घिमिरे र सचिवमा कुशलबाबु बस्नेत

पूणर्पुष्टि, पौष १२ 

नेकपा ओली निकट केन्द्रिय सदस्यहरु सहित नयाँ जिल्ला संयोजक तोकिएका परमेश्वर घिमिरे र सचिव तोकिएका कुशलबाबु बस्नेतले एक बिज्ञाप्ती जारी गर्दै निर्वाचनमा जाने घोषणाको स्वागत गरेका छन् । एक पत्रकार सम्मेलनको आयोजना गरी बिज्ञप्ती जारी गरिएको हो ।

प्रम ओलीले गरेको संसद विघटनको कदम तथा आगामी २०७८ बैशाख १७ र २७ गते तोकेको आम निर्वाचनको स्वागत गरेको हो । उनिहरुले प्रधानमन्त्री र सरकारको बिरुद्धमा आह्वान भएका कुनै पनि आन्दोलनमा सहभागी नहुने र अरुलाई नहुन पनि अपिल गरेका छन् ।

जिल्लामा प्रम ओलीको कदम पछाडी नेकपा भित्र ओली तर्फ र प्रचण्ड – नेपाल समूह तर्फ को कसरी बस्ने भन्ने सन्दर्भमा चर्चा चलिरहेको अवस्थामा यस्तो बिज्ञप्ती आएको हो ।

पत्रकार सम्मेलन पश्चात नेकपा उदयपुरका कार्यालय सदस्य परमेश्वर घिमिरे, जिल्ला सदस्य कुशलबाबु बस्नेत ओली समूह तर्फ क्रमश जिल्ला संयोजक र सचिवको भुमिकामा देखिएका छन् ।