Friday, June 26News That Matters

ट्र्याक्टरले किचेर चालकको मृत्यु

पूर्णपुष्टि, १३ पुष

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ मा ट्र्याक्टरले किचेर चालकको मृत्यु भएको छ । सो दुर्घटनामा बागमती नगरपालिका–१ सर्लाहीका २४ बर्षीय कैलाश भुजेलको घटनास्थलमा नै मृत्यु भएको हो ।

आईतवार दिउँसो १२ बजेको समयमा सुर्य एक्सन कम्पनीको ट्र्याक्टर उकालो बाटोमा चढाउने क्रममा अचानक पल्टदा सोही ट्र्याक्टरले किचेर चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।