Friday, July 17News That Matters

अबैध औषधी कारोबारी मेडिकल हल सञ्चालक पक्राउ

पूर्णपुष्टि, पुष १३

अनाधिकृत औषधि कारोबार गर्ने सुनसरीको धरान उप–महानगरपालिका–१५ सदन रोडमा संचालित मुसरत मेडिकल हलका संचालक पक्राउ परेका छन् । भोक्राहा नरसिंह गाउँपालिका–६ का २७ बर्षीय सौजात आलमलाई प्रहरीले पक्राउ गरेको हो ।

अनाधिकृत औषधी बेचबिखन गरिरहेको भन्ने सूचनाका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलील आलमलाई पक्राउ गरेको होे ।

प्रहरीले आलमको मेडिलक हलबाट डाइक्लोमाईन हाइड्रोेक्लोराईड ट्याबलेट आइपि डिकोलाइस; बट्टामा रहेको ७००० ट्याबलेट र खुल्ला अबस्थामा रहेको ५९० ट्याबलेट तथा ट्रामाडोल हाईड्रोेक्लोराईड क्याप्सुल टीपि ट्रमाडेक्स खुल्ला अबस्थामा रहेको ९८० ट्याबलेट बरामद गरेको छ ।

प्रहरीका अनुुसार अबैध औषधी सहित पक्राउ परेका आलमलाई आवश्यक कारवाहीको लागी औषधी ब्यबस्था बिभाग बिराटनगर बुझाउने तयारी भईरहेको छ ।