
पूर्णपुष्टि, फागुन १४
उदयपुरमा शनिवार भएको जिल्ला स्तरीय मिस्टर उदयपुर शारिरीक सुगठन च्याम्पियनसिप प्रतियोगतिामा कटारीका तेज बहादुर हमाल प्रथम भएको छ । १३ जना सहभागीका बिच हमाल प्रथम हुन सफल भएका हुन् ।

प्रथम भए सँगै हमालले ५१ हजार नगद राशी, शिल्ड, प्रमाण पत्र र मेडल समेत प्राप्त गरेको छ । ७ ओटा इन्टरनेशनल पोजिसनहरुले जर्जहरुको मन जित्दै हमाल उत्कृष्ट पफमरका साथ प्रथम भएको हो । प्रतियोगितामा गाईघाटका दिलप चौधरी दोस्रो भएको छ भने गाईघाटकै महेश तामाङ तेस्रो भएको छ । दोस्रो हुन सफल चौधरीले रु २५ हजार नगद सहित शिल्ड, मेडल र प्रमाण पत्र पाएका छन् । यस्तै तेस्रो हुन सफल तामाङले पनि रु १५ हजार नगद, शिल्ड, मेडल र प्रमाण पत्र पाउन सफल भएको छ ।

१३ जना प्रतियोगितालाई पछि पार्दै उनिहरुले ७ पोजिसनबाट आफ्नो कोठा सुरक्षित गर्न सफल भएका हुन् । सुरुमा १३ जनाको प्रस्तुति देखाईपछि उत्कृष्ट ६ छानिएका थिए । उत्कृष्ट ६ पछि पहिलो दोस्रो र तेस्रो छानिएका थिए । प्रथम हुने हमाल इनर्जी फिटनेश क्लव बाटै पाटिसिपेट भएका थिए भने चौधरी र तामाङ स्टार बोडी फिटनेस क्वब बाट पाटिसिपेट थिए ।

प्रतियोगिताका च्याम्पियनसिप हमालले सगरमाथा इन्स्योरेन्स कम्पनीबाट १० लाख बराबरको मेडिकल विमा समेत सुविधा पाएको छ । यसमा १८ ओटा घातक रोगहरु र दुर्घटना विमा समेत समेटिएको छ । प्रतियोगिताको आयोजना गाईघाटमा रहेको इनर्जी फिटनेश क्लवले आयोजना गरेका थिए ।

त्रियुगा नगरपालिकाकी उपप्रमुख देवी चौधरीको प्रमुख आतिथ्यता तथा क्लवका संञ्चालक मनोज कटुवालको अध्यक्षतामा प्रतियोगिता भव्य सम्पन्न भएका थिए । प्रतियोगितामा अन्तराष्ट्रिय निणांयक शिव मुखिया, राष्ट्रिय खेलाडी एवम् निर्णयक पूर्ण तामाङ, राष्ट्रिय निर्णायक शारदा दाहाल, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी राम दाहालले जर्ज गरेका थिए । जसमा शारिरीक सुगठन प्रदेश नं १ का अध्यक्ष केशव श्रेष्ठहरुको समेत उपस्थित थियो ।
तस्विरहरु


