
पूर्णपुष्टि,माघ २५ । जिल्लाको कटारी नगरपालिका–३, ताराघारी स्थित उत्पतेश्वर महादेव गुफामा आजबाट ११ दिने शिव महापुराण सुरु भएको छ । बुधवार कटारी नगरपालिकाका नगर प्रमुख राजेशचन्द्र श्रेष्ठले कलसमा पत्ती बालेर महापुराणको औपचारीक उत्घाटन गर्नुभएको हो ।
आगामी नगरको बजेटबाट गुफाको विकासका लागि प्राथमिकतामा राख्ने नगर प्रमुख श्रेष्ठले बताउनुभयो । गुफाको लागि आवश्यक पूर्वाधार निर्माणका लागि कटारी नगरपालिकाको सवै वडासँग समन्वय गरी विकास गर्ने मेयर श्रेष्ठले बताउनुभयो । उत्पतेश्वर गुफाको गुरुयोजना अनुसार भौतिक निर्माण गर्ने श्रेष्ठले बताउनुभयो । त्यसैगरी कटारी नगरपालिकाका पूर्व मेयर ज्ञानेन्द्र श्रेष्ठले आप्mनो कार्यकालमा गुफामा विभिन्न कार्यहरु गरेको भन्दै आगामी दिनमा वाँकी रहेका कामहरु पुरा गर्न नगरपालिका लाग्नुपर्ने बताउनुभयो । गुफा सम्म आउने बाटो कालोपत्रे, गुफा आउन फलामे पुल लगायतका आवश्यक निर्माणमा नगरको ध्यानाकर्षण गराउनुभयो ।
त्यसैगरी नगरपालिकाका उपमेयर गिता खड्काले कटारी नगरको पहिचानको रुपमा गुफालाई विकास गर्नुपर्ने बताउँदै नगरले साथ दिने बताउनुभयो । आगामी दिनमा गुफामा विभिन्न वृद्धाश्रम लगायतका संरचना निर्माण गर्न सकिने उपमेर खड्काको भनाई थियो ।नगरमात्र नभई प्रदेशकै महत्वपूर्ण धार्मिक क्षेत्रका रुपमा यसलाई विकास गर्न सकिने खड्काले बताउनुभयो ।
त्यसै गरी महापुराण मूल समारोह समितिका संयोजक तथा वरिष्ठ अधिवक्ता शम्भु थापाले गुफाको विकाससँगै नजिकैका निम्न वर्गको समुदायको वालवालिकाहरुको पढाईमा समेत सहयोग पुराउन महापुराणले सकोस भन्ने धारणा राख्नुभयो । त्यस्तै गुफाको प्रचार प्रसारका लागि विभिन्न ठाउँमा गुफामा स्वागत गर्ने वोर्डहरु राख्नु पर्ने थापाले बताउनुभयो ।
समुदघाटन समारोहको स्वगत गर्दै गुफा व्यवस्थापन समितिका अध्यक्ष रत्नबहादुर सुनुवारले सवैलाई महापुरााणमा सहयोग गर्न आग्रह गर्नुभयो । त्यस्तै महापुराण आयोजना समारोह मूल समितका सह संयोजक शंकर कटुवालले महापुराणसँगै गुफालाई थप विकास र पर्यटकीय क्षेत्र बनाउन सकिने बताउनुभयो ।
महापुराणको समुदघाटन अघि भक्तजनहरुले कटारी २ को कमला नदीमा जल लिएर सिन्धुलीको दुधौली बजार परिक्रमा गर्दै कटारी बजार समेत परिक्रमा गरी गुफा परिसर आईपुगेका थिए ।यस गुफा कटारी नगरकै महत्वपूर्ण धार्मिक क्षेत्र हो । यहाँ विभिन्न समयमा पुजा आराधना गर्न भक्तजनहरुको घुईचो लाग्ने गरेको छ । यस गुफा हलेशीको दोस्रो रुपको गुफाका रुपमा विकास भईरहेको प्रचार प्रसार समितिका उप संयोजक देव ढुंगेलले बताउनुभयो ।
समुदघाटन समारोहकै अवसरमा मूल समारोह समितकका संयोजक शम्भु थापाले श्रीमति अरुणा थापा लगायत परिवारसहित नगद २ लाख ५ हजार ५५ रुपैंया सहयोग प्रदान गर्नुभयो । त्यसैगरी कटारी नगरका पूर्व मेयर ज्ञानेन्द्र श्रेष्ठले व्यक्तिगत तर्पmबाट ५१ हजार १सय ११ र मेयर राजेशचन्द्र श्रेष्ठले व्यक्तिगद तर्पmबाट ५१ हजार १ सय ११ सहयोगको घोषणा गर्नुभएको थियो ।
