पूर्णपुष्टि, पुष १३ । गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत उदयपुरको कटारी नगरपालिकामा उद्यमशीलता विकास सम्बन्धि ८ दिने तालिम सम्पन्न गरेको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा)को आयोजनामा कटारी न.पा मेडपा शाखा र घरेलु तथा साना उद्योग कार्यालय उदयपुरको साझेदारीमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
गत ५ गते मंलवार देखि सुरुभएको तालिम १२ गते मंलवार एक औपाचारीका कार्यक्रम गरि सम्पन्न गरेको छ । तालिममा कटारी नगरपालिका–२,का अनुमानीत ३० जना स्थानीयहरुको उपस्थितिमा कार्यक्रम सफल भएको आयोजकले बताए । सहभागीहरुले ब्याग, डल कुसन, भुजिया बनाउने तथा बंगुर पालन कसरी गर्ने र यस्को आधुनिक तरिकाहरुबारे जानकारी उक्त तालिमबाट प्राप्त भएको एक सहभागितले बताए ।
