कटारीमा तीनदिने लेखा व्यवस्थापन तथा कर परामर्श तालिम सुरु

पूर्णपुष्टि, कार्तिक १७ । कटारी नगरपालिकामा शुक्रबारदेखि तीनदिने लेखा व्यवस्थापन तथा कर परामर्श तालिम सुरु भएको छ । तपश्य म्यानेजमेन्ट प्रालि काठमाडौंको आयोजनामा तालिम सुरु भएको हो ।

कटारी नगरपालिकाको हलमा सुरु तालिममा कटारी नगरपालिका भित्रका मकै , अलैंची , तरकारी र डेरीसँग सम्बन्धित साना तथा मझौला , उद्योगी , व्यवसायीहरुको सहभागीता रहेको छ । तालिमको एक कार्यक्रमकावीच नगरपालिकाका प्रमुख मेयर राजेशचन्द्र श्रेष्ठले उदघाटन गर्नुभयो । तालिमको उदघाटन गर्दै मेयर श्रेष्ठले व्यवसायबाट लाभ लिनका लागि तालिम महत्वपूर्ण रहेको बताउनुभयो । व्यवसायको हरहिसाव राम्रो राख्न सकेमात्रै व्यवसाय फस्टाउने भएकाले तालिम महत्वपूर्ण रहेको मेयर श्रेष्ठको भनाई थियो । त्यसैगरी उपमेयर गिता खड्काले तालिम लिएर मात्रै नहुने र यसको उपयोग पनि गर्नुपर्ने बताउनुभयो । थोरैबाट भएपनि व्यवसाय सुरु गरेर व्यवसायी वन्न सकिने उपमेयर खड्काको भनाई थियो । प्रालिका प्रशिक्षण संयोजक प्रियन्का खड्काको सभापतित्वमा उदघाटन समारोह सम्पन्न भएको थियो ।कार्यक्रममा वोल्दै संयोजक खड्काले कटारीमा सवैको सहयोगबाट तालिम आयोजना गर्न सहज भएकाले सवैलाई धन्यवाद दिनुभयो । कार्यक्रमबारे प्रष्ट पार्दै प्रशिक्षक कृति घिमिरेले तपश्याले देशको १० शाखा कार्यालयहरु सहित उद्यमी , व्यवसायीहरुलाई लेखा परिक्षण लगायतको सेवा प्रदायक कार्य गरिहेको बताउनुभयो । तालिममा दर्ता प्रकृया , लेखा व्यवस्थापन , बजार व्यवस्थापन , कर प्रकृयाका बारेमा सहभागीहरुलाई प्रशिक्षण दिईने प्रशिक्षक भानुभक्त भट्टराईले बताउनुभयो । तालिमको उदघाटन समारोहमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल किराती , उदयपुर उद्योग वाणिज्य संघका सचिव जिवनाथ दाहाल , लगायत नगरपालिकाका पशुशाखा प्रमुख विजया न्यौपाने , कृषि शाखा प्रमुख विनिता राई लगायतको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0