
पूर्णपुष्टि,वैशाख २६ । उदयपुरको कटारी नगरपाकिलामा दुई दिने वृहत निःशूल्क स्वास्थ्य शिविर सुरु भएको छ । बंगलवार नगर प्रमुख राजेशचन्द्र श्रेष्ठले विहान शिविरको औपचारीक उद्घाटन गर्दै उक्त शिविर सुरु गरिएको हो । शिविरमा काठमाडौं मेडिकल कलेज ,सिनामंगल काठमाडौं र नोबेल मेडिकल कलेज , विराटनगरको प्राविधिक सहयोग रहेको छ ।
कटारी नगरपालिकाद्धारा आयोजिन उक्त शिविरमा मुटु, नशा, जनरल, प्रसुती तथा स्त्री, हाडजोर्नी, नाक कान घाँटी, छाला तथा यौन रोगको विशेषज्ञ डाक्टरहरुबाट उपचार सेवा निशुल्क रहेको छ । त्यसैगरी शल्यकृया, आँखा,बालरोग, दन्तरोग, मुटु जाँच ईसिजी, ईको मुटुको विशेष जाँच, भिडियो एक्सरे र ल्याब सम्बन्धि उपचार भईरहेको छ ।
उद्घाटन कार्यक्रममा नगर प्रमुख श्रेष्ठले नगरपालिकाले स्वास्थ्य, शिक्षा, शुसासनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।“स्वास्थ्यलाई प्रभावकारी बनाउन सुधार सहित कटारी अस्पत्तालको विकासमा लागेका छौं ।”मेयर श्रेष्ठले भन्नुभयो ।“धेरै भन्दा धेरैले उपचार सेवा निशुल्क पाउन भनेर शिविरको आयोजना गरेका हौं ।” स्वास्थ्य तर्फ कटारी अस्पत्ताललाई सुधार गर्दै लगिरहेको बताउँदै मेयर श्रेष्ठले सवैको सल्लाहा र सुझावलाई साथमा लिएर सर्पदशं उपचार केन्द्रलाई पनि कटारी अस्पत्तालबाट प्रभावकारी बनाउने बताउनुभयो ।
त्यसैगरी कार्यक्रमा वोल्दै नगरपालिकाकी उपमेयर गिता खड्काले शिविरमा धेरैले सेवा लिएर समस्या समाधान गर्न नगरवासीहरुलाई आग्रह गर्नुभयो ।“धेरै जनाले निशुल्क सेवा पाउन भन्ने उद्येश्यले शिविरको आयोजना गरिएको छ ।”उपमेयर खड्काले भन्नुभयो । “शिविरलाई सफल बनाउन सवैको सहयोगको अपेक्षा गरेका छौं । ” त्यसैगरी कार्यक्रमा वोल्दै वडा नम्बर ७ का वडाध्यक्ष तथा नगरपालिकाका सामाजिक विकास शाखाका संयोजक सुविन ढुंगानाले स्वास्थ्य वीमालाई प्रभावकारी बनाएर उपचारमा सहजता ल्याउन नगरपालिका लागि परिरहेको बताउनुभयो । वडा नम्बर ३ का वडाध्यक्ष पुष्कर खड्काले शिविरले धेरैलाई उपचारका लागि सहयोग पुग्ने बताउनुभयो ।
शिविरमा मार्केटिङ्ग अफिसर नविन दाहालले धेरै भन्दा धेरैलाई सेवा प्रदान गर्ने र उपचारबाट समस्या समाधान शिविरमै गर्ने र काठमाडौं मेडिकल कलेजमा र नोबेल मेडिकल कलेजमा रेफर गरेर पनि उपचार गरिदिने बताउनुभयो । त्यसैगरी राजनीतिक दलका तर्पmबाट बोल्दै केपी बरालले राम्रो काम गरेकोमा धन्यवाद दिंदै कटारी अस्पत्ताललाई स्तरउन्नती गर्न तर्फ सवै लागि पर्नुपर्ने बताउनुभयो । उदयश्री बहुमखी क्याम्पस कटारीका प्रमुख मुकेश थापाले यस शिविरलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिनुपर्ने बताउनुभयो ।
