Tuesday, July 7News That Matters

कटारीमा दुई बर्ष देखि शीतभण्डार अलपत्र

पूणंपुष्टि, पुष १५ । उदयपुरको कटारी नगरपालिका–४, स्थित कृषि उपज केन्द्रसँगै १८ लाख बरावरको लागतमा निर्माण गरेको शीतभण्डार अहिले भने प्रयोगविहिन अवस्था रहेको छ । उक्त शीतभण्डा र बिगत २ वर्ष अघि निर्माण गरेको थियो । स्थानीय कृषि क्षेत्रमा चासो देखाउने कृषकहरुको कृषि उत्पादनलाई भण्डारण गर्ने भण्डार हालसम्म पनि संञ्चालनमा कुनै निकायको चासो गएको छैन् । अलपत्र अवस्थामा रहेको शीतभण्डारमा वेराघेरा पनि गरिएको छैन् ।