Tuesday, July 7News That Matters

ब्राजिलका महान फुटबलर पेलेकाे ८२ वर्षको उमेरमा निधन

पूर्णपुष्टि,पुष १५ । विश्वप्रख्यात महान ब्राजिलियन फुटबलर पेलेको निधन भएको छ । पेलेको उपचारका क्रममा साओ पाउलो स्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा बिहीबार राति ८२ वर्षको उमेरमा निधन भएको बीबीसीले जनाएको छ । उनले पेलेले ब्राजिललाई सन् १९५८, १९६२ र १९७० मा गरी तीन पटक ब्राजिलको लागि फिफा विश्वकपको उपाधि दिलाएका थिए । तीन पटक विश्वकप उपाधि जित्ने पेले एक मात्र नाममा दुर्लभ कीर्तिमान छ ।

मृगौला र प्रोस्टेट रोगबाट ग्रसित पेले उपचारका लागि एक महिनाअघि अस्पताल भर्ना भएका थिए । उनी पछिल्लो समय क्यान्सरबाट पीडित थिए । उनलाई नोभेम्बर २०२२ देखि साओ पाउलोको अल्बर्ट आइन्सटाइन हस्पिटलमा भर्ना गरिएको थियो । सन् २००० मा पेलेलाई फिफा प्लेयर अफ द सेन्चुरी घोषणा गरिएको थियो । पेलेले ब्राजिलका लागि ९२ खेलमा ७७ गोल गरेका ईतिहासर छ ।

बिहीबार राति उनकी छोरी केली नासिमेन्टोले पिताको निधन भएको जानकारी गराएकी थिइन् ।