Tuesday, July 7News That Matters

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक

पूर्णपुष्टि, पुष १५ । छिमेकी मुलुक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका आमा हीरावेन मोदीको एक सय वर्षको उमेरमा निधन भएको छ । प्रधानमन्त्री मोदीले शुक्रबार बिहान साढे ती बजे आमाको निधन भएको भन्दै शोक व्यक्त गर्दै ट्वीटमार्फत श्रद्धाञ्जलि अर्पण गरेको हो ।

स्वास्थ्यमा समस्या भएपछि हिराबेनलाई अहमदाबादस्थित यूएन मेहता अस्पतालमा भर्ना गरिएको थियो । प्रधानमन्त्री मोदीले आज बिहान सामाजिक सञ्जालमार्फत् आफ्नी आमाको निधन भएको पुष्टि गरेका छन् ।

आमाको उपचारका लागि प्रधानमन्त्री मोदी गुजरातको अहमदावादस्थित अस्पतालमा पुगेका थिए । उक्त समयमा उनले आमाको स्वास्थ्यलाभको कामना गरेका थिए । गत जुनमा प्रधानमन्त्री मोदीले आमाको सय वर्षको जन्मोत्सव मनाएका थिए । हीरावेन मोदीको निधनप्रति भारतीय राजनीतिक दलका नेताहरुले श्रद्धाञ्जलि व्यक्त गरेको छ ।