Saturday, June 13News That Matters

कटारीमा सिलाई व्यवसायी संघ नगरकमिटी गठन, अध्यक्षमा बालकुमारी

पूर्णपुष्टि, जेष्ठ ३०
उदयपुरको कटारी नगरपालिकामा पनि नेपाल कपडा तथा सिलाई व्यवसायी नगरकमिटी गठन भएको छ । शुक्रबार एक कार्यक्रमकोबिच नगरकमिटी  गठन गरिएको हो । नेपाल कपडा तथा सिलाई व्यवसायी संघ उदयपुरका अध्यक्ष ज्ञानु प्रधान लगायतको उपस्थितिमा कटारीको उदयपुर उद्योग बाणिज्य संघमा कार्यसमिति गठन गरिएको हो ।

कटारी नगर कार्यसमितिमा बाल कुमारी परियारको अध्यक्षमा ११ जना काय कार्यसमिति गठन भएको छ । कार्यसमितिमा अध्यक्ष बाल कुमारी परियार, उपाध्यक्षमा इस्लाम खान, सचिव रण बहादुर नेपाली, कोषाध्यक्ष, बेनुका कुमारी राई र सहसचिवमा जानुका वस्नेत रहेकी छिन् । यस्तैगरी सदस्यहरुमा लिला कुमारी मगर, देवी कुमार राना मगर, मुना परियार, इन्दीरा वस्नेत, राधा कटुवाल र चित्र बहादुर दमाई रहेका छन् ।