Monday, June 15News That Matters

कटारीमा फोहोर वर्गीकरण कार्यान्वयनमा ल्याउन सरोकारवालाहरु संग छलफल

पूर्णपुष्टि,चैत्र ७ । उदयपुरको कटारी नगरपालिकामा फोहोर व्यवस्थापलाई कार्यान्वयनमा ल्याउन टोल विकास समितिहरुसँग थप छलफल गर्ने भएको छ । कटारी क्षेत्रका फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यका साथ आज सरोकारवालाहरुसँग छलफल गर्ने भएको हो ।

नगरले गत माघ १९ गते फोहोरको वर्गीकरण गर्नुपर्ने सूचना जाहेर गरेको थियो । सुचना जाहेर गरेपनि बजारबाट फोहोर उठाउँदा फोहोरको वर्गीकरण नभएपछी नगरपालिकाले आज सरोकारवालाहरुलाई छलफलमा वोलाएको हो ।

नगरपालिकाका उप–प्रमुख गिता खडुकाका अनुसार अस्पतालजन्य फोहोरलाई अझ व्यवस्थ्ति र प्रभावकारी गर्ने विषयमा छलफल भएको बताउँदै क्रमश छलफल गर्दै जाने बताउनुभयो । यता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल किरातीले भोलि फेरी वडा नम्बर ३ र ४ का वडा समितिहरुसँग यहि विषयमा छलफल गर्ने बताउनुभयो ।

उदयपुर उद्योग वाणीज्य संघ, होटल व्यवसायी, सरकारी तथा नीजि स्वास्थ्य संस्थाहरुलाई नगरपालिकाले छलफलमा राखेर फोहोरको वर्गीकरण कार्यान्वयनका लागि दबाब दिएको हो । कुहिने, नकुहिने फोहोरहरुलाई बार अनुसार संकलन गर्ने भनिएपनि त्यसको कार्यन्वयन भने नभएको बताएको छ ।