कटारीमा बाल विवाह न्युनिकरणका लागि सचेतनामूलक कार्यक्रम सुरु

पूर्णपुष्टि, पुष ९
उदयपुरको कटारी नगरपालिकामा बाल विवाह न्युनिकरणका लागि सचेतनामूलक कार्यक्रम सुरु भएको छ । नगरपालिकाले उपमेयर भिम कुमारी राउतको नेतृत्वमा माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई बाल विवाह न्युनिकरण सम्बन्धि स्टिकर वितरण गर्ने अभियान सुरु गरिएको हो ।
इलाका प्रहरी कार्यालय कटारीको समन्वयमा गत सोमवारदेखि उपमेयर राउतले नगर क्षेत्रको माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई सचेतनामुलक स्टिकर वितरण गर्नु भएको थियो ।
नगर भित्र बाल विवाहको दरमा कमी नआएपछि अभियानकै रुपमा नमुना कामको सुरुवात गरेको उपमेयर राउतले बताउनुभयो । बाल विवाहको न्युनिकरणका लागि विभिन्न कार्यक्रम अन्तर्गत पहिलो चरणमा विद्यार्थीहरुलाई स्टिकर वितरण तथा सचेतनामूलक पर्चा टाँस गर्ने कार्यक्रम सुरु गरिएको उहाँले बताउनुभयो ।
उपमेयर राउतका अनुसार सार्वजानिक स्थानहरुमा होडिङ बोर्ड निर्माण गर्ने तथा अन्य कार्यक्रमहरु सञ्चालन गरिने छ । नगरपालिकाको १४ वटै वडामा अभियान चलाइने उहाँले जानकारी गराउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: