Wednesday, May 6News That Matters

कटारीमा रवि समर्थकको विरोध प्रर्दशन

उदयपुर, भदौ २ गते ।

रवि लामिछाने सर्थकहरुले देशैभर विरोध प्रदर्शन गरिरहेको बेला उदयपुरमा पनि प्रर्दशन भएकोे छ । कटारी बजारमा नागरिक समाजले सोमबार रविको समर्थनमा विरोध प्रर्दशन गरेको हो ।

“रविलाई रिहाई गर, झुटा आरोप खारेज गर, भष्ट्रचारी दलाल होसियार” लगायतका नाराबाजी गर्दै बजार परिक्रमा गरेर कोण सभा गरेको थियो । राज्यले चालेको गलत कदम प्रति आपत्ति जनाउदै विरोध प्रर्दशनको आयोजना गरेको नागरिक समाजका अगुवा रतन पोखरेलले बताए ।

सरकारले गलत क्रियाकलाप गरेको र स्वतन्त्र पत्रकारलाई कार्यकक्षबाट नै पक्राउ गरी झुटा आरोप लगाउन खोजिएकाले रविको समर्थनमा उत्रेको गरेको पोखरेलले बताए । भ्रष्ट्रचारको विरुद्धमा आवाज उठाउने रविलाई नहुदा झुटा आरोप लगाएकाले विरोध जनाएको  उनले बताए ।