Tuesday, January 14News That Matters

कटारीमा व्यक्तिगत घटनाको दर्ता घरबाटै हुने

पूर्णपुष्टि, भदौ १२ । उदयपुरको कटारी नगरपालिकामा व्यकितगत घटना घरबाटै दर्ता गर्न सकिने भएको छ । नगरपालिकाले एक सुचना जारी गर्दै अनलाईन मार्फत घरबाटै व्यक्तिगत घटना दर्ता गर्न सकिने जानकारी गराएको हो ।

नेपाल सरकारले व्यक्तिगत घटना दर्ता (जन्म, मृत्यु, बसइँसराई, बिबाह, सम्बन्ध विच्छेद) अनिवार्य दर्ता गनुपर्ने व्यवस्था गरेको हुँदा आफ्नो घरमै बसी अनलाईन मार्फत मोबाईलबाट व्यक्तिगत घटना दर्ताको फारम भरी प्राप्त टोकन लिएर सम्बन्धित वडा कार्यालयबाट प्रमाणपत्र प्राप्त गर्न सकिने नगरपालिकाले जनाएको छ । व्यक्तिगत घटना घटेको ३५ दिनभित्र घटना दर्ता गरेमा जरिवाना नलाग्ने समेत जनाईएको छ ।