कटारीमा सुमो दुर्घटना हुदा ९ जना घाईते

उदयपुर,मंसिर १३ गते ।

उदयपुरको मरुवामा सुमो दुर्घटना हुदा ९ जना घाईते भएका छन् । सिद्धिचरण राजमार्ग अन्र्तगत कटारी नगरपालिका–४ मरुवामा शुक्रबार टाटा सुमो दुर्घटना हुदा नौ जना घाइते भएका हुन् ।

ओखलढुङ्गाबाट कटारी तर्फ आउँदै गरेको ना १ ज ३८८६ नम्बरको सुमो एक्कासी सडकबाट पल्टिएर दुर्घटना भएको थियो । गाडीमा सवार ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–५ निबासी ६७ वर्षीय सन्तबहादुर विश्वकर्मा, ६६ वर्षीया मनमाया विश्वकर्मा, ६६ वर्षीया कर्णमाया विश्वकर्मा र मोलुङ्ग गाउँपालिका–५ निबासी ५० वर्षीया मैया विश्वकर्मा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

सिद्धिचरण–५ निबासी ७० वर्षीया तिलमाया विश्वकर्मा, चम्पादेवी गाउँपालिका–५ निबासी ४२ वर्षीया आमातारा तामाङ र उनकी छोरी १४ वर्षीया सेली तामाङ, सिन्धुली फिक्कल गाउँपालिका–५ निबासी ५५ वर्षीय वीरेन्द्रबहादुर सुनुवार र सर्लाहीका सोवित महतो समान्य घाईते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाईते भएकाहरुलाई कटारी अस्पतालमा उपचार गरी अस्तालले विराटनगर रेफर गरिएको छ भने  सामान्य घाइते भएका महतोको उक्त अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । सुमो चालक प्रहरीको नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: