
उदयपुर, मंसिर १३ गते ।
उदयपुरको कटारीमा मोटरसाईकल दुर्घटना हुदा एक जना घाईते भएको छ । कटारी नगरपालिका–४ पेट्रोल पम्प छेउमा मोटरसाईकल दुर्घटना हुदा बसन्त मगर घाईते भएको हो ।
मरुवाबाट कटारी तर्फ आउँदै गरेको स ८ २७८४ नम्बरको मोटरसाईकल स १ ह १०३६ नम्बरको सिटीमा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । मोटरसाईकल चालक कनपा–७ निबासी २० वर्षीय बसन्तको कटारी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
सिटी चालक रत्नबहादुर मगरलाई प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।
