
उदयपुर/१२
महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बिहिवार जिल्ला समन्वय समितिको हलमा महिला माथि हुने हिंसा र आम नागरिको दायित्व विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । शान्ति समाज केन्द्र पेसोक नेपाल तथा ओरेक नेपालको संयुक्त आयोजनामा महिला माथि हुने बिभिन्न हिंसाको अवस्थाहरुलाई मध्यनजर गर्दै यसलाई कसरी न्युनिकरण गर्ने भन्ने विषयमा बिभिन्न क्षेत्रहरु सँग अन्तक्रिया गरिएको हो ।
नेपालमा अझै पनि महिला हिंसाको अन्त्य नभएको र उदयपुरमा यसको अवस्था के छ भन्ने विषयमा गहन छलफल भएको शान्ति समाज केन्द्र पेशोक नेपालकी अध्यक्ष तथा महिला अधिकारकर्मी सिर्जना दनुवारले बताईन् ।उनीले सहभागिहरु बाट उठेका प्रश्नहरु आर्थीक पक्ष, सामाजिक पक्ष र सरकारले बनाएको निति नियमहरु कार्यन्वयन भएको छ की छैन भन्ने विषयमा अनुगमन हुन जरुरी लगाएतका प्रश्न तथा अन्तक्रिया निकै महत्वपूर्ण रहेको बताईन् ।
यस्तै ओरेक नेपाले १ नं प्रदेशका ९ ओटा जिल्ला मोरङ, सुनसरी, उदयपुर, ताप्लेजुङ, इलाम, भोजपुर, तेह्रथुम, खोटाङ र झापा बाट लिएको तथ्याङक अनुसार उदयपुर महिला हिंसाको क्षेत्रमा दोस्रो रहेको तथ्याङकले देखाएको छ भने मोरङ पहिलो रहेका छन् । तथ्याङक अनुसार मोरङ पहिलो, उदयपुर दोस्रो, सुनसरी तेस्रो, तेह्रथुम चौँथो, ताप्लेजुङ पाँचौ, झापा छैँटौँ, भोजपुर साँतौ, खोटाङ आठौँ, र इलाम सबै भन्दा कम महिला हिंसाको क्षेत्र रहित नाऔँ स्थानमा रहेको तथ्याङकमा प्रस्तुत छ ।
यसै तथ्याङको आधारमा जनप्रतिनिधि, महिला अधिकारकर्मी, संञ्चारकर्मी, नागरिक, संघसंस्था र कर्मचारीहरु लगाएतको अन्नर्तक्रियामा उदयपुरमा यसको अवस्थाको बारेमा प्रश्न उठाएका थिए । कार्यक्रममा संघिय सांम्सद प्रमिला राईले सरकारले नै महिलाहरुलाई हेर्ने दृश्टीमा सुधार नल्यायको बताईन् । राईले सरकारले अझै पनि महिलाहरुको क्षमतालाई बुझ्न नसकेको बताईन् । महिलाहरुलाई हिंसा हुने किसिमकै संविधान उल्लेख गरेर महिलाहरुलाई एउटा निश्चित क्षेत्रमा मात्रै समेटको उनिले बताईन् । राईले सरकारले अझै पनि महिलाहरुलाई छक्याउने काम भईरहेको बताईन् ।
५० प्रतिशत महिलाहरुको माग रहेता पनि ३३ प्रतिसत मात्रै शुनिश्चित रहेको भन्दै यतिले मात्रै महिलाहरुको सबै समस्या नसमेटिने उनिले बताईन् । संविधानमै महिलाहरुलाई उपप्रमुखमा कोटा दिनुनै पनि सरकारबाट महिलाहरुलाई हिंसा भएको उनीको ठम्याई छ । सरकारले उपप्रमुखनै सबै जिम्मेवारी होकी भन्ने कुरामा महिलाहरुलाई झुक्याईरहेको बताइन् ।
राईले प्रमुख भनेको प्रमुखनै हो जब प्रमुख नहुदा मात्र उपप्रमुखको जिम्मेवारी आउने हुदा यहाँ पनि सरकारले झुक्याईरहेको बताउँदै सरकारले दिएको यो पदलाई पनि उपलब्धी रहेको बताईन् । उनिले महिला अधिकारको निम्ति ६२÷६३ को ठुलो आन्दोलने पाएको यो उपलब्धीलाई सम्मान गर्नु पर्ने बताईन् ।
कार्यक्रममा प्रदेश नं १ की साम्सद सुनीता चौधरी, जिल्ला समन्वय समितिका प्रमुख खड्ग परियार, उपप्रमुख गंगा राई, प्रसाशन प्रमुख दुर्ब बहादुर खड्का, प्रहरी प्रमुख बीर बहादुर बुढा मगर लगाएतले महिला हिंसा सम्बन्धि कुरा राखेका थिए ।
