भीरबाट लडेर १ जनाको मृत्यु

ओखलढुङ्गा, मंसिर १२ गते । 

ओखलढुङ्गाको चिसंखुगढीमा भरीबाट लडेर एक जनाको मृत्यु भएको छ । चिसंखुगढी गाउँपालिका–८ जुकेपानी निबासी ४८ वर्षीय अन्जु राईको लडेर मृत्यु भएको हो ।

रुम्जाटारबाट घर फर्कने क्रममा गतराती चिसंखुगढी–७ धनमुडाको भीरबाट करिब २० मिटर तल लडेर खसेर राईको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउँनासाथ तत्काल प्रहरी घटना स्थलमा पुगी घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0