
पूर्णपुष्टि,जेष्ठ ७ । उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं. ४ मा ३८ वर्षअघि कृषि बजारलाई व्यवस्थित गर्न निमार्ण गरिएको कृषि उपज केन्द्र अन्तत प्रयोगमा आउँने भएको छ । सगरमाथा ग्रामीण एकिकृत आयोजनाले २०४२ सालमा कृषि बजारलाई थव व्यवस्थित गर्न १० वटा टहरा, ४ वटा गोदाम, सिटी हल १ वटा निर्माण हुँदा पनि सम्बन्धित निकायहरुको त्यस ठाउँमा नजर नपुगेपछि केन्द्र प्रयोग विहिन अवस्थामा गरहेको थियो ।
उक्त केन्द्रलाई पछिल्लो स्थानीय निर्वाचनपछी पुनः मर्मतगरी प्रयोगमा ल्याउने अवस्थामा पुराएको २ वर्षपछी प्रयोगमा ल्याउन सुरु गरिएको हो । “हाटबजारको प्रारम्भिक सुरुवात भएको छ । ”कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले भन्नुभयो “अव यसलाई थप व्यवस्थित गरेर प्रयोगमा ल्याउने हो ।”
केन्द्रमा हाटबजार लगाउन नगरपालिकाले मोहन कार्कीको अध्यक्षतामा कटारी हाटबजार समिति गठन गरेको छ । “अहिले पूर्ण रुपमा सरसफाई गरेर केन्द्र प्रयोगमा ल्याउन थालेका छौं ।”समितिका अध्यक्ष कार्कीले भने “कार्यालय व्यवस्थापन , प्रचार प्रसारका लागि अहिले नगरपालिकासँग समन्वय गरिरहेका छौं ।” कार्कीका अनुसार कटारी बजारमा रहेका तरकारी , कृषिजन्य किनमेललाई केन्द्रबाट मात्रै गर्ने तयारी गरिएको छ । फुटपाथका पसललाई केन्द्रमा लगिने छ । त्यसैगरी केन्द्रमा निर्माण भएको स्टलबाट मात्रै मासु पसलहरु संञ्चालन गरिनेछ ।
कटारी , ४ का वडाध्यक्ष भुपेश तामाङ्गले सरसफाई र व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको बताउनुभयो । नियमित रुपमा हाटबजार केन्द्रबाट संञ्चालन गर्ने पनि वडाध्यक्ष तामाङ्गले बताउनुभयो ।
कटारी बजारमा ४० वर्ष पहिला देखि शुक्रबार हाटबजार लाग्ने गर्दथ्यौ । हाटबजार भर्न छिमेकी पहाडी जिल्ला ओखलढुंगा , सोलुखुम्बु , खोटाङ्ग लगायत सिन्धुली जिल्लाको पूर्वी भेगका स्थानीय यहि हाटबजारमा किनमेल गर्थे ।
