Saturday, June 13News That Matters

पूर्वीरुकुमको हुकामगाउँ केन्द्रविन्दु भएर ४.१ रेक्टरको भूकम्प

पूर्णपुष्टि,जेष्ठ ७ । शनिवार विहान करिव २ः५९ बजेको समयमा पूर्वीरुकुमको हुकामगाउँ वरपर केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार पूर्वीरुकुममा शनिवार बिहान ४.१ रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि बाजुरा जिल्लाको विछिया केन्द्रविन्दु भएर गत वैशाख २१ गते चार दशमलव एक रेक्टरस्केलको भूकम्प गएको थियो । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ।