Saturday, June 13News That Matters

दिप्रुङ चुईचुम्मा गाउँपालिकामा प्रथम उभौली साकेला सिली नाच प्रतियोगिता सम्पन्न

पूर्णपुष्टि,जेष्ठ ७ । खोटाङको किरात राई यायोक्खा दिप्रुङ चुईचुम्मा गाउँपालिका कमिटिद्धारा आयोजित प्रथम उभौली साकेल सिली नाच २०८० प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ । प्रतियोगिता ‘ईतिहास भूगोल सस्कृती सभ्यताको सम्मान, १ नम्बर प्रदेश किरात पहिचान’ भन्ने मुल नाराको साथ शनिवार गाउँपालिकाको प्राङ्गण याङ्सोलाटारमा सम्पन्न भएको हो ।

गाउँपालिकाद्धारा प्रायोजित साकेला सिली नाच प्रतियोगितामा जिल्लाका बिभिन्न ११ टिमहरुले सहभागिता जनाका थिए । सहभागी मध्य प्रथम हुनेमा साकेला गाउँपालिका–२, रतन्छा रहेको छ । यस्तै द्धितिय स्थान दिप्रुङ चुईचुम्मा गाउँपालिका–१, याम्खाले हात पारेको छ, भने जनकल्याण युवा क्लव बतासे–४, नाप्तिकुले भने तृतिय स्थान हासिल गरेका छ । साथै दि.रु.म.न–७, दोर्पाले भने सान्त्वनामै चित्त बुझाएका छन् । प्रतियोगिताको बिजेता साथै उप-बिजेता टिमहरुलाई क्रमस ३० हजार प्रमाण पत्र, २० हजार प्रमाण पत्र, १५ हजार प्रमाण पत्र र सान्त्वना हँनेलाई रु, ५ हजार प्रमाण पत्र गाउँपालिकाका प्रमुख लोकेन्द्र राईले हस्तान्तरण गरेको थियो ।

उभौली साकेला सिल्ली कार्यक्रमलाई सम्बोधन गर्दै पालिका प्रमुख राईले आफु निर्वाचित भएर आए पछि गाउँपालिकाले सबै जाती भाषा धर्म सस्कार सस्कृतिको सम्मान तथा प्रबर्द्धन गर्दै आएको बताए । उनले १ नम्बर प्रदेशको नामाकरण स्थानिय ईतिहास भूगोल सस्कृती र सभ्यताको सम्मानको अधारमा १ नम्बर प्रदेशको नाम कोशी हटाई किरात रहनु पर्ने बताए ।

कार्यक्रममा गाउपालिका प्रमुख लागाएत सबै वडाका वडाअध्यक्ष तथा बुद्धिजिबि कर्मचारि साथै ठुलो संख्यामा स्थानीयहरुको उपस्तिथिती रहेको थियो ।