Saturday, May 16News That Matters

वडा कार्यलयले सिफारिस नदिँदा रौतामाई ३ का एक सहकारीले पाएनन पशु बिमाको भुक्तानी

पूर्णपुष्टि, ६ जेष्ठ ।
रौतामाई गाउँपालिका ३ लाफागाउका एक महिला कृषि सहकारी संस्था पशु विमा भुक्तानीबाट बन्चित भएको छ । श्री पंञ्च कोशिका महिला कृषि सहकारी संस्थाकीले पालेको बोयार बोका बिरामीका कारण मरेपछि पशु विमा दावी भुक्तानीका लागि वडामा सिफारिसको माग गरिएका थिए । सहकारीका अध्यक्ष प्रेमकला राईले रौतामाई गाउँपालिका ३ लाफागाउँले पशु बिमा बापत बुक्तानीका लागि सिफारिसको ताकेता गर्दा पनि वडाले सिफारिस अड्काएको जनाईन् ।

राईका अनुसार सहकारीले आर्थिक बर्ष ७७÷७८ मा २ लाख ७७ हजार लगाएर खरिद गरेका बोयार बोका बैशाख २६ गते बिरामी भएर मरेको जनाईन् । बोका मर्दा अध्यक्ष राई आफु गाउँमा नभएको जनाईन् । राईले आफु लडेर खुट्टा भाँचिएका कारण ५ गतेबाट उपचारको क्रममा गाईघाटमा रहेको बताएकी छिन् । म ५ गतेबाट उपचारको क्रममा गाईघाटमा नै छु, उपचार नसकिएका कारण म गाउँ जान सकेको अवस्था छैन्” अध्यक्ष राईले भनिन्”, । म गाईघाटमै रहेपनि बोका मरेको भोलीपल्टै निवेदन लेखेर वडालाई म्यासेन्जर मार्फत पठाएको थिए । पछि पनि बोका पाल्ने व्यक्तिलाई निवेदन दिन भनि पठाएकै हो, फोन गरेर पनि सिफारिसको बारे निवेदन पठाएको जानकारी गराएको छु । राईले भनिन्”, । तर वडाले कुनै पनि वाहाना वाजीमा सिफारिस दिन आनाकानी गरेको गुणासो गरिन् ।
उक्त बोका सहकारीका साधारण सदस्य समेत रहेकी कुन्ता माया कार्कीले पालेका थिए । कार्कीका अनुसार २५ गते बिरामी भएको बोका २६ गते साँझ तिर मरेको जनाईन् । कार्कीले बोका बिराम भएको थाहा पाउने बित्तिकै वडाका पशु प्राविधिकलाई बोलाएर हेर्न अनुरोध गरेको उनिले जनाईन् । तर प्राविधिक गोरु उपचार गर्न व्यस्त रहेपछि बोका उपचार गर्न ढिलाई भएको कार्कीको भनाई छ । पछि प्राविधिक आउँदा बोका मरिसकेको कार्कीले जनाईन् ।

वडा अध्यक्ष दिपेन्द्र दाहालका अनुसार समितिबाटै उपाध्यक्ष सहित दुई सदस्यले सिफारिस रोक्न माग गरेपछि आफुले सिफारिस नदिएको जनाए । उनिहरुबीचमै विवाद छ, विवादका बिच मैले सिफारिस दिन रोकेको हो,” दाहालले भने । उनले सहकारीका अध्यक्षलाई छलफल गरेर विवाद मिलाएपछि मात्रै सिफारिस दिने बताएको जनाए । यता सहकारीको अध्यक्ष भने खुट्टा भाँचिएको कारण आफु त्यस ठाउँमा जान नसकीरहेको जनाईन् । यो अवस्थामा कसरी गएर छलफल गर्नु मैले ? के कारण सिफारिस रोक्नु पर्ने वडा कार्यलय र समितका साथीहरुले हाम्रै संस्थालाई फाईदा हुने काममा किन भाँझो हाल्नु अध्यक्षले भनिन् ।

यता सोही वडाका पूर्व गाविस अध्यक्ष समेत रहेका केदार राईले वडाले सिफारिस कसैको निवेदनको आधारमा रोक्न नमिल्ने जनाए । वडाले घटनाको वास्ताविक छानविन र सर्जिबिन गरी सिफारिस दिनु पर्ने राईको भनाई छ । सिफारिस रोक्न कस्ले निवेदन दिन्छ यसको पछि वडा कार्यालय लाग्नु पर्ने जरुरी छैन् । वास्ताविकता के हो त्यो हेरी वडाले सिफारिस दिएर महिला कृषहरुलाई सहयोग गर्नु पर्छ । राईले भने । उनले कसले सिफारिसका लागि रोक लगाउँछ त्यसले कुनै अर्थ पनि नराख्ने जनाए ।
वडा कार्यालयले सेवाग्राहीको निवेदनको आवश्यक अनुसन्धान गरी सिफारिस दिनु वडाको काम कर्तव्य हो” । राईले भने, । उनले घटनाको वास्ताविकता हेरी सिफारिस दिनु पर्ने तर कसैको निवेदनको आधारमा सिफारिस रोक्नु गलत रहेको जनाए । उक्त निवेदनका लागि समितिबाटै उपाध्यक्ष सहित तिन जनाले सिफारिस रोक्न अर्को निवेदन वडालाई दिएको छ । उपाध्यक्ष पसावित्रा राई, सदस्यहरु यम कुमारी श्रेष्ठ र पूर्ण कुमारी बिकको नाममा सिफारिस रोक्न वडालाई निवेदन दिएको छ ।

३ नं वडाका पशु प्राविधिक संजिव खत्रीका अनुसार सहकारीको बोका मरेको जनाए । उनले आफु मरिसकेको अवस्थामा पुगेको भएपनि बाख्रामा खासै रोग भने नदेखिएको जनाए । गाउँमा सुने अनुसार बोका अलिक बुढो भैसेको आफुलाई बताएको उनले जनाए । उनले गाउँमा खासै बाख्राहरुमा चै रोगहरु छैन् गाईवस्तुमा भने लम्की रोगले सताएको जनाए ।
तिन ओटा बोकाहरु रहेको यस सहकारीले २ लाखको दरले लुम्वीनी जनरल इस्योरेन्स बिमा कम्पनीमा २ लाखको दरले बिमा गराएका थिए । बोका मरेर क्षती बेहोरी रहेको अवस्थामा समिति र वडाले गर्दा विमा बापतको भुक्तानीमा समस्या भएको हो । यता विबमा कम्पनीले भने दावी भुक्तानीका लागि वडा कार्यालय र गाउँपालिकाको सिफारिस खोजिरहेको अवस्था छ । यी कागजात पुगेपछि मात्रै इन्स्योरेन्सले ९० प्रतिशत भुक्तानी बेहोर्ने जनाएको छ ।