Friday, February 14News That Matters

कटारी नगरपालिकाको तेह्रौं नगर सभा सम्पन्न, ८६ करोड बढीको बजेट पारित

पूर्णपुष्टि, साउन २८ ।  उदयपुरको कटारी नगरपालिकाको तेह्रौं नगर सभा सम्पन्न भएको छ। आइतबार सम्पन्न नगरसभाले आगामी आर्थिक वर्षका लागि ८६ करोड ८१ लाख ६४ हजार ८४३ रुपैयाँको बजेट पारित गरेको छ।

नगर उपमेयर गिता खड्काले सार्वजनिक गरेको बजेटमा संघीय सरकारबाट प्राप्त सशर्त अनुदान चालुतर्फ ४० करोड ६६ लाख ५५ हजार, पुँजीगततर्फ १ करोड ७० लाख २२ हजार, समपुरक अनुदान १ करोड १० लाख र विशेष अनुदान १ करोड २० लाख रुपैयाँ रहेको छ।

प्रदेश सरकारबाट प्राप्त सशर्त अनुदान ७४ लाख ३८ हजार, पुँजीगततर्फ १ करोड ७४ लाख ५८ हजार र समपुरक अनुदानमा १ करोड ३० लाख रुपैयाँ रहेको छ। संघीय सरकारबाट प्राप्त समानीकरण अनुदान १२ करोड ६६ लाख ६० हजार र राजस्व बाँडफाँडबाट ४० लाख रुपैयाँ रहेको छ।

नगरपालिकाका १४ वटा वडाका लागि ९ करोड ९२ लाख रुपैयाँ विनियोजन गरिएको छ। वडाको भौगोलिक अवस्था हेरी ७० देखि ७१ लाख रुपैयाँसम्म बजेट छुट्याइएको छ। मेयर राजेशचन्द्र श्रेष्ठले राखेको नीति तथा बजेट प्रस्तावलाई सभाले सर्वसम्मतिले पारित गरेको छ। सम्बोधनका क्रममा मेयर श्रेष्ठले विगतका उपलब्धिहरू सुनाउँदै नगरलाई समृद्ध बनाउन सबै एकजुट हुनुपर्ने बताए। वडाध्यक्षहरूले असार १० मा हुनुपर्ने नगर सभा ढिलो हुनुमा सबै जिम्मेवार रहेको स्वीकार गरे।