
अाशिस बस्नेत/पूर्णपुष्टि, असार २१ ।
उदयपुरको कटारी नगरपालिकाले शनिबार पारित गरेको आर्थिक वर्ष २०७७/०७८को नीति तथा कार्यक्रम र बजेट आज सार्वजनिक गरेको छ । नगरपालिकाले पत्रकार सम्मेलन गर्दै ८२ करोड ६५ लाखको बजेटका कार्यक्रमहरु सार्वजनिक गरेको हो ।
बजेटले कृषीलाई प्राथकिमतामा राख्दै एकमुष्ट १ करोड ६० लाख बजेट विनियोजन गरेको छ । त्यसैगरी प्रतिवडा ७५ लाख विनियोजन गरेको कृषीका लागि प्रत्येक वडाले २५ लाख अनिवार्य विनियोजन गर्नुपर्ने निर्णय गरेको छ ।
त्यस्तै दोस्रो प्राथमिकतामा कोरोना भाईरस रोकथामका लागि नगरले १ करोड ५० लाख विनियोजन गरेको छ । नगर सभाले पारित गरेको नीति तथा कार्यक्रम अनुसार समृद्धिको मुल आधार , कृषीबाटै स्वरोजगार भन्ने नाराका साथ कृषी उत्पाकदत्व बढाउने तथा बजारीकरणमा कृषकलाई सहजीकरण गर्दै मेयर दिगो कृषि परियोजना संञ्चालन गर्ने पारित गरेको छ ।

त्यसैगरी स्वास्थ्य तर्पm सकेको वेला योगदान परेको बेला अपेक्षा भन्ने नाराका साथ ग्रामीण महिलासँग उपमेयर कार्यक्रम संञ्चालन गर्ने पनि सभाले पारित गरेको छ । नगर प्रमुख मेयर ज्ञानेन्द्र श्रेष्ठ , उपमेयर भिमकुमारी राउतको उपस्थितिमा सम्पन्न सम्मेलनमा नगर प्रवक्ता कृष्ण दनुवारले कृषीलाई नगरले प्राथमिकतामा राखेको बताउनुभयो ।
त्यसैगरी पत्रकारहरुको प्रश्नको जवाफ दिंदै मेयर श्रेष्ठले नगरको प्रत्येक योजनामा सार्वजनिक सुनुवाई गर्ने बताउँदै गतवर्ष कोरोनाका कारण सुनुवाई प्रभावित भएको बताउनुभयो ।
