Saturday, June 27News That Matters

पूर्णपुष्टि / हेडलाईन्स् | 2077-03-21

नेपालमा आज थप २ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि । योसँगै संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

-*-

विश्वको विभिन्न देशमा कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट ५ लाख २९ हजार ५ सय ५५ जनाको मृत्यु । अहिलेसम्म विश्वभर १ करोड १२ लाख ७ हजार ५ सय ४० जना भन्दा बढी संक्रमित भएका विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ  ।

-*-

मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमा पानी । मुख्य सुरुङमा परिक्षणका लागी पानी आईतबार विहान हालिएको हो ।

-*-

लकडउनको विच आगामी १२ औँ राष्ट्रिय जनगणनाको तयारीका लागि नमूना (पाइलट) जनगणना सकियो  । नमुना जनगणामा १० हजार घरपरिवारको विवरण सङ्कलन गरिएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको हो ।

-*-

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा भएको वार्ता सम्पन्न । करिब दुई घण्टा चलेको वार्ता सकारात्मक भएको बुझिएको छ ।

-*-

काठमाण्डौको ढलको पानीमा कोरोना भाइरस भेटिएको र अवस्था भयावह भइरहेको भन्ने हल्लाप्रति सरकारले ध्यानाकर्षण भएको जनाएको छ ।

-*-

बजरजस्ति करणी मुद्दामा फरार रहेको एक जना पक्रउ । २०७६ साउन ९ गतेदेखि फरार रहेको रौतामाई गाउँपालिका–६ का अर्जुन बस्नेत पक्राउ परेको हो ।

-*-

आन्तरीक शान्ति सुरक्षाको लागी १ न. प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्रालयले १ नम्बर प्रदेश प्रहरी कार्यालयलाई १ सय ७० थान मोटरसाईकल र १० थान स्कुटर हस्तान्तरण । आईतबार एक कार्यक्रमकोसाथ आईतबार आन्तरीक मामिला तथा कानून मन्त्री माननीय हिक्मतकुमार कार्कीले १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वरबाबु कार्कीलाई मोटरसाईकल तथा स्कुटरको चावी हस्तानतरण गर्नु भएको हो ।

-*-

कक्षा ११ को परीक्षा सञ्चालन तथा विद्यार्थीको अन्तिम मूल्याङ्कन गर्ने अधिकार सरकारले विद्यालयलाई नै दिने निर्णय । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले कक्षा ११ को परीक्षा सञ्चालनको अधिकार सम्बद्ध विद्यालयलाई दिने नीतिगत निर्णय गरेको हो ।

-*-

त्रिधार्मिकस्थल हलेसी गुफा संरक्षणका लागि हलेसी विकास समितिले कार्ययोजना बनाउने निर्णय । पूर्वसांसद टङ्क राई विकास समितिको अध्यक्षमा चुनिएपछि बसेको विकास समितिको पहिलो बैठकले त्रिधार्मिकस्थल हलेसी गुफाको भौगर्भिक अध्ययन गरी दीर्घकालीन संरक्षण गर्न कार्ययोजना बनाउने निर्णय गरेको हो ।

-*-

अमेरिकाको अन्तरिक्ष एजेन्सी नासाले सन् २०११ मा मंगल ग्रहको एउटा तस्बिर खिचे । सोही तस्बिर नासाले गत मार्च १ तारिखमा प्रदर्शन गरेको थियो ।

-*-

विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) का कारण बेलायतले पहिलो पटक गोर्खा भर्ती रोकेको छ ।

-*-

साउदीबाट नेपाल फर्कन प्राथमिकतामा परेका नेपालीलाई ‘एक्जिट भिसा’ नलिई टिकट नकाट्न दुताबासले आग्रह । दूतावासमा निवेदन दिँदा ‘एक्जिट भिसा’ लागेको उल्लेख गरेको तर एक्जिट भिसा नलागेकाले पनि हवाइ टिकट काटेको पाइएको भन्दै त्यसो नगर्न दूतावासले सचेत गराएको हो ।

-*-

२० औं पटक जर्मन कपको उपाधि बार्यन म्युनिखले हात पारे । गतराति भएको खेलमा बायर लिभरकुसेनलाई ४–२ गोलले पछि पार्दै बार्यनले जर्मन कपको उपाधि हात पारेको हो ।

-*-

काठमाण्डौको नयाँ बसपार्कमा आज बिहान आगलागी हुदा १२ वटा माइक्रोबसमा जले । ग्यारेजभित्र बिहान करिब ३ बजेतिर आगलागी हुँदा ८ वटा पूर्ण रुपमा र ४ वटा माइक्रो बस आंशिक रुपमा जलेको हो ।