Saturday, June 27News That Matters

मन्त्रालयद्धारा प्रहरीलाई मोटरसाईकल हस्तान्तरण

पूर्णपुष्टि, असार २१

आन्तरीक शान्ति सुरक्षाको लागी १ न. प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्रालयले १ नम्बर प्रदेश प्रहरी कार्यालयलाई १ सय ७० थान मोटरसाईकल र १० थान स्कुटर हस्तान्तरण गरेको छ ।

आईतबार एक कार्यक्रमकोसाथ आईतबार आन्तरीक मामिला तथा कानून मन्त्री माननीय हिक्मतकुमार कार्कीले १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वरबाबु कार्कीलाई मोटरसाईकल तथा स्कुटरको चावी हस्तानतरण गर्नु भएको हो ।

बिभिन्न अपराध कार्यमा संग्लग्न ब्यक्तिहरुले अपराधका नयाँ शैली अपनाई रहेको अवस्थामा आन्तरिक शान्ति सुरक्षाको प्रमुख जिम्मेवारी रहेको नेपाल प्रहरीलाई साधन श्रोत सम्पन्न बनाउनुको बिकल्प नरहेको मन्त्री कार्कीले बताउनु भयो ।

हरेक प्रहरी युनिटमा सवारी साधन पु¥याउने र आन्तरिक शान्ति सुरक्षालाई थप सुदृढ बनाई आम नागरीकलाई सुरक्षाको प्रत्याभुति दिलाउने प्रदेश सरकारको दुरगामी निती रहेकाले सवारी साधन उपलब्ध गराईएको मन्त्रि कार्कीले बताउनुभयोे ।

मन्त्रालयले १ नम्बर प्रदेश प्रहरी कार्यालय मातहतका प्रहरी कार्यालयहरुलाई उपलब्ध गराउने गरी टि.भी.एस. कम्पनीको १६० सि.सी.को अपाचे मोटरसाईकल ९० थान, बजाज कम्पनीको १५० सि.सि.को पल्सर मोटरसाईकल ८० थान र यमाहा कम्पनीको १२५ सि.सी.को यमाहा स्कुटर १० थान गरी कुल १ सय ८० थान सवारी साधन उपलब्ध गराएको छ ।

यसैगरी ट्राफिक ब्यबस्थापनमा सहजताका लागी  मन्त्रालयले १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय ईटहरीलाई समेत १० थान मोटरसाईकल हस्तान्तरण गरेको छ ।