
पूर्णपुष्टि, जेठ २८ ।
उदयपुरको कटारी नगरपालिकामा पनि एकजना कोरोना संक्रमित पुष्टि भएको छ । नगरपालिकाको वडा नं. १ बेलस्रोत स्थित नेपाली सेनाको रणसार्दुल गणको व्यवस्थापनमा रहेको क्वारेन्टाइनमा रहेका एक २६ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको होे । यो संगै उदयपुरमा कोरोना संक्रमितको संख्या ३८ पुगेको छ । संक्रमितको पुष्टी काठमाडौं टेकुको प्रयोगशालाले गरेको हो ।
जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीका अनुसार आजै उदयपुरगढीमा पनि १ जना २३ वर्षिय पुरुषमा कोरोना पुष्टि भएको छ ।
कटारी र उदयपुरगढीमा एक/एक जनामा कोरोना संक्रमण भएको आधिकारिक जानकारी आएको हो ।
कटारीसमेतमा कोरोना देखिएपछि उदयपुरमा चार नगरपालिका र एक गाउँपालिका गरी पाँचवटा पालिकामा संक्रमण देखिएको छ । पछिल्लो समय भारतबाट आएकाहरुलाई क्वारेन्टाईनमा राखेर परिक्षण गरिदा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प्रमुख सुवेदीले बताउनुभयो ।
